Schedule 8
अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरुको धारा ९ स्थिति, छुट र विशेषाधिकारहरु

धारा ९ दफा १– धाराको उद्देश्यः कोषलाई सुम्पेका काम पूरा गर्न कोषलाई सामथ्र्य बनाउन यो धारामा
दिइएको स्थिति, छूट र विशेषाधिकारहरु प्रत्येक सदस्यको प्रादेशिक क्षेत्रमा कोषलाई दिइनेछ ।
दफा २– कोष स्थितिः कोष कानूनी मान्यता प्राप्त व्यक्तित्व हुनेछ र कोषलाई विशेषतः देहायको काम
गर्ने अधिकार हुनेछः–
– ठेक्का लिने, दिने,
– चल र अचल सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने,
– कानूनी कारवाई गर्ने ।
दफा ३– अदालती कारवाईबाट छुटः कोष, कोषको सम्पत्ति र जायज्यथालाई जुनसुकै ठाउँमा भए पनि र
जोसंग रहेको भए पनि कुनै कानूनी कारवाईको प्रयोजनको निमित्त वा कुनै ठेक्काको शर्त मुताबिक कोषले
स्पष्ट रुपमा प्रकट गरी छूट त्याग गरेमा सो गरे जति बाहेक सबै किसिमको अदालती कारवाईबाट छूट
पाइनेछ ।
दफा ४– अरु कारवाईबाट छुटः कोषको सम्पत्ति र जायज्यथालाई जुनसुकै ठाउँमा रहे पनि र जोसित रहे 
पनि कार्यकारिणी वा कानूनी कारवाईद्वारा खोज तलासी, अधिग्रहण, निस्वामीकरण वा अरु कुनै किसिमको
पक्राउबाट छूट पाइनेछ ।
दफा ५– अभिलेख गृह (आर्चिभ्स) सम्बन्धी छुटः कोषको अभिलेख गृह (आर्चिभ्स) भित्र दखल गर्न सकिने
छैन ।
दफा ६– जायज्यथामा प्रतिबन्ध नलाग्नेः यस सम्झौताले दिएको कार्य सञ्चालन गर्न आवश्यक भएको
हदसम्म कोषको सबै सम्पत्ति र जायज्यथामा कुनै किसिमको प्रतिबन्ध, नियम, नियन्त्रण र मोराटोरिया
लाग्ने छैन ।
दफा ७– लेखापढी गर्ने विशेषाधिकारः सदस्यहरुले कोषको अफिसियल लेखापढीलाई अरु सदस्यहरुको
अफिसियल लेखापढीलाई सरह नै व्यवहार गर्नेछन् ।
दफा ८–अधिकृत र कर्मचारीहरुको निमित्त छुट र विशेषाधिकारः कोषको सबै गर्भनरहरु, कार्यकारी
सञ्चालकहरु, अल्टरनेटहरु, समितिका सदस्यहरु सम्झौताको धारा १२ दफा ३ (जे) अनुसार नियुक्त
भएका प्रतिनिधि र माथि उल्लेख गरिएको कुनै पनि व्यक्तिका सल्लाहकारहरु, अधिकृतहरु र
कर्मचारीहरुलेः–
– कोषले छूट त्याग गरेमा बाहेक अफिसियल हैसियतले गरेको काम कार्यहरुमा
कानूनी कारवाईबाट छूट पाउनेछ ।
– स्थानीय नागरिक नभएमा, देशान्तरवाससम्बन्धी प्रतिबन्धहरु, विदेशीहरुको
रजिष्ट्रेशनसम्बन्धी आवश्यकताहरु, राष्ट्रिय सेवासम्बन्धी दायित्वहरुबाट छूट र
विनिमय प्रतिबन्धसम्बन्धी सुविधाहरु सदस्यहरुले अरु सदस्यहरुको सोही समान
दर्जाका प्रतिनिधिहरु, अधिकारीवर्गहरु र कर्मचारीहरुलाई दिए सरहनै पाउने छन् ।
–  सदस्यहरुले अरु सदस्यहरुको लागि सोही समान दर्जाको प्रतिनिधिहरु,
अधिकारीवर्गहरु र कर्मचारीहरुलाई दिए सरहनै भ्रमण सुविधा पाउने छन् ।
दफा ९–करबाट छूटm (क) कोष, यसको जायज्यथा सम्पत्ति, आम्दानी र यो सम्झौताद्वारा अधिकृत
यसको सञ्चालन र कारोबारहरुलाई सबै किसिमको कर सबै किसिमको भन्सार महसूलबाट छूट पाइनेछ ।
कर वा महसूल भुक्तानी वा असूल गर्ने दायित्वबाट पनि कोषले छूट पाउनेछ ।

(ख) स्थानीय नागरिक, स्थानीय प्रजा वा अरु स्थानीय राष्ट्रिय नभएका कोषका कार्यकारी
सञ्चालकहरु, अल्टरनेटहरु, अधिकारीहरु वा कर्मचारीहरुलाई कोषले दिने तलब र
परिलाभमा कुनै पनि कर लिइने छैन ।
(ग) कोषले निकालेको दायित्व वा सिक्योरिटी र त्यस उपरको लाभाँश वा ब्याज लगायतमा
जोसित रहेको भए पनि कुनै किसिमको कर लिइने छैनः–
(१) यदि त्यसले सो दायित्व वा सिक्योरिटीलाई मात्र त्यसको सिर्जनाको कारणले फरक
व्यवहार गरेको छ भने, वा
(२) यदि त्यस्तो कर व्यवस्थाको निमित्त सम्पूर्ण अधिकार क्षेत्रिय आधार सो दायित्व वा
सक्योरिटी निकालिएको, भुक्तानी गर्नु पर्ने नगरिएको वा भुक्तानी गरिएको ठाउँ वा
मुद्रा वा कोषले राखेको कुनै कार्यालय वा कारोबारको स्थान भएमा,
दफा १०– धाराको प्रयोगः प्रत्येक सदस्यले यो धारामा दिइएको सिद्धान्तहरुलाई आफ्नो कानून मुताबिक
लागू गराउने उद्देश्यको निमित्त आफ्नो प्रादेशिक क्षेत्रभित्र आवश्यकता अनुसारको कार्य गर्नेछ र आफूले
गरेको कामको पूरा विवरणको सूचना कोषलाई दिइनेछ ।